राजविराज । मधेशी मोर्चाका व्यापक विरोधका बाबजुद कडा सुरक्षा घेरा बीच नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपालले जिल्लाको गाविस खरचुईयामा गरेको स्वास्थ्य शिवर उदघाटनलाई संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साहले औचित्य बिहीन बताएका छन् ।
केन्द्रिय सदस्य साहले हजारौं सुरक्षाकर्मीको घेरामा रही पूर्व प्रधानमन्त्री रहेका व्यक्तिले सिमित व्यक्तिहरु माँझ गरिएको कार्यक्रमको औचित्य नरहेको बताएका हुन् । स्थानीय स्तरबाटै समेत व्यापक विरोधका बाबजुद राज्यको बन्दुकको बल प्रयोग गर्दै गरिएको कार्यक्रममा मोर्चाले मुठभेड हुन नदिन सचेत हुँदै संयमता अपनाएको केन्द्रिय सदस्य साहले आजको जनपुकार दैनिक सित कुरा गर्दै बताए ।
स्मरणीय छ, खरचुईया बजार समितिका अध्यक्ष रामचन्द्र चौधरीले विहीबारै एक प्रेस विज्ञप्ति मार्फत उक्त स्थानमा कार्यक्रम नगर्न तथा कार्यक्रम गरिए प्रतिकार गर्ने चेतावनी समेत दिएका थिए । एमालेको प्रस्तुती नै मधेशमा मुठभेड निमत्याउने योजनाको रुपमा रहेको आरोप लगाउँदै केन्द्रिय सदस्य साहले मधेशमा मुठभेड भए मधेशी युवाहरुको ज्यान जान सक्ने अवस्था देखेर मोर्चाले संयमता अपनाएको धारणा व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost