आशुतोष आनन्द सिंह
राजविराज, पुस ।
नेपाल कृषि प्रधान देश भएपनि यहाँका किसानहरुले आकासे भरमा खेतीपाती गर्नु परेपछि गाविस कल्याणपुरका बासिन्दाहरुले खड्क खोलामा बाँध बाँधेर खेतीपाती गर्न बाध्य भएका छन् ।
समान्यतया खोलाको कटान र डुवानबाट बच्ने उद्देश्यले वर्षायाममा बाँध बाधिने नगरिएतापनि यहाँका किसानहरु गहुँबालीका लागि खोलामा बाँध बाँधेर खेतीपाती गर्ने गरेका छन् । चुरे जंगल मासिएपछि खोलामा पानीको स्तरको समेत चरम अभाव भएपछि खोलामै बाँध बाँधेर खेतीपाती मात्र नगरी चौपायालाई समेत पानी खुवाउने देखि लुगाफाटो धुन तथा नुहाउँन समेत सो खोलामा बाँधेर राखीएको पानी प्रयोग गर्ने गरेको स्थानीयहरु बताउँछन् ।
चुरे विनासका कारण वर्षाको अभाव तथा सिचाईको लागी नहर, कुलो समेतको व्यवस्था हुन नसक्दा खेती गर्न गाह्रो हुने गरेको स्थानीय सुरत लाल साहले बताए ।
राज्यले चुरे तल रहेका कृषकहरुका लागि सिचाईको उपयुक्त व्यवस्था नगरेका कारण आफुहरु खडग खोलामै बाँध बाँधी खेतीपाती गर्नुपर्ने विवशता रहेको स्थानीयहरु बताउँछन् ।
हाल उक्त खोलामा पानीको स्तर समेत घटन जाँदा लगाईएको तरकारी बालीमा समेत पानी हाल्न पानी तान्ने मेसिनको प्रयोग गरी जम्मा गरी राखिएको पानी उपभोग गर्ने गरेको दुखेसो स्थानीयहरुले पोखें ।
दिनभरी काम काज गर्दा गर्दै थाकिने गरिएको बेला टयुबेलमा पानी तानी लुगाधुने तथा गाईभैंसीलाई पानी खाने समस्याबाट मुक्त भएको स्थानीय गृहणीहरु बताउँछिन् ।
कृषि प्रधान देशमा कृषिको लागी गर्ने गरेको लगानीलाई व्यवस्थित गरिए मुलुकमा कृषि उत्पादनको बृद्धि भए आर्थिक फडको मार्न सक्ने बृद्धिजीविहरु भन्छन् ।