राजविराज । नयाँ शक्तिका संयोजक एवम् पुर्व प्रधानमन्त्री डा.बावुराम भट्टराईले संघियतामा नमिलेका कुरालाई तत्कालै संशोधनमार्फत निकास नदिए मुलुक थप गम्भिर संकटमा पर्ने वताएका छन् ।
शनिवार साँझ राजविराजमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले संघियताको विषयमा विगतको राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदन अनुसार ब्यवस्था गरेको भए अहिलेकोसमस्या आउने थिएन बताए । भट्टराईले कांग्रेस र एमालेको पुरानो सोचका कारण त्यसलाई वंग्याउने काम भएको टिप्पणी गरे ।
उनले भने–‘‘पहिलो संविधान सभाले गरेको ब्यवस्थालाई दोश्रो संविधान सभामा वंग्याउने काम भयो’ त्यसैले क्षेत्रीय भाषिक र पहिचानको कुरा नमिलेका कारण अहिलेको समस्या आएको हो ।’
आफुहरु सरकार र परिवर्तनकारी दलहरुका विच संघियतामा नमिलेका विषयहरुलाई मिलाउन पटक पटक छलफलमा रहेको भन्दै नेता भट्टराईले जिम्मेवार दलहरुले समस्या लम्क्याउने भन्दा पनि निकास दिनेतिर लाग्नु आवश्यक रहेको वताए ।
एमालेले संसद अवरुद्ध गरेर निकासको वाधक वन्न नहुने भन्दै उनले राजनितिक निकासका लागि उसको पनि जिम्मेवारी रहेको टिप्पणी गरे । राष्ट्रवादका नाममा महेन्द्रकालिन हौवा पिटनुको कुनै तुक नहुने भन्दै उनले सुनसरी र मोरङ्गका थारु वाहुल्य भागलाई २ नं प्रदेशमा, सुदुर पश्चिमको थारु वाहुल्य क्षेत्रलाई ५ नं. प्रदेशमा र लुम्विनी–राप्तीका मगर वाहुल्य क्षेत्रलाई ४ नं. प्रदेशमा राखेर निकास दिनु पर्ने सुझाव दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको