राजवराज । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका नाममा भईरहेको अवान्छित गतिविधि रोक्न प्रेस चौतारी शाखा सप्तरीले चौतारीको केन्द्रिय समिति तथा महासंघका केन्द्रिय समितिलाई चाडो भन्दा चाडो समस्या समाधान गर्न पहल गर्ने भएको छ ।
प्रेस चौतारी शाखा सप्तरीका सचिव अनिल पोखरेलद्वारा हस्ताक्षरित मंगलबार जारी गरिएको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।
जारी विज्ञप्तिमा लोकेन्द्र बुढाथोकी स्मृतिमा वितरण गरिएको पत्रकारिता पुरस्कार मनोमानी ढंगबाट अवैधानिक तरिकाले वितरण गरिएको बताउँदै चौतारी सप्तरीको गम्भिर ध्यानाकर्षण भएको समेत जनाइएको छ ।
उक्त कार्यलाई निन्दनीय बताउँदै बैधानिक तरिकाबाट पूनरावलोकन गरी पुरस्कार प्रदान गर्न महासंघ शाखा सप्तरीका अध्यक्ष प्रकाश खतिवडासँग माँग गरिने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जारी विज्ञप्तिमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका आधिकारीक अध्यक्ष प्रकाश खतिवडा भएकोले जिल्लामा अनर्गल रुपमा ल्याईएको हल्ला पछाडि नलाग्न सबैमा आग्रह समेत गरिएको छ ।
यता नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा मंगलबार शैलेन्द्र कुमार सिंहलाई यस वर्षको लोकेन्द्र बुढाथोकी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ भने गत वर्षको सोही पुरस्कार पत्रकार ललिता साहलाई प्रदान गरिएको छ ।
पत्रकारिता पुरस्कार सिंहलाई प्रदान गरिए लगत्तै पत्रकारहरु माझ पुरस्कार विधान विपरित शाखाका सदस्य समेत नरहेका व्यक्तिलाई प्रदान गरिएको बताउदै टिका टिप्पणी समेत हुन थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost