काठमाडौं –  नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरको नयाँ नोट छाप्नको लागि चिनियाँ कम्पनीसंग सम्झौता गरेको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन शाखाका अनुसार बैंकले रुपैयाँ पाँच  दरको २६ करोड थान नयाँ नोट डिजाइन, छपाई तथा आपूर्ती गर्न सम्झौता गरेको हो ।

राष्ट्र बैंकले तारिख १८ नोभेम्बर २०१६ अर्थात २०७३ मंसिर तीन गते “द राईजिङ नेपाल” राष्ट्रिय दैनिकमा रुपैयाँ पाँच दरको २६ करोड थान नयाँ नोट डिजाइन, छपाई तथा आपूर्ती गर्न बैंकमा सूचीकृत कम्पनीहरुबाट बोलपत्र आव्हान गरेको  थियो ।

सोही आधारमा प्राप्त बोलपत्रहरूको मूल्याङ्कन गर्दा न्यूनतम मूल्याङ्कित सारभूतरुपमा प्रभावग्राही बोलपत्र पेश गन चाईना बैैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेईजिङ चाईनासंग सम्झौता गरेको हो ।

कार्यकारी निर्देशक कंडेलका अनुसार उक्त कम्पनीले ३० लाख ७० हजार छ सय अमेरिकी डलरमा उक्त परिमाणमा रकम छाप्न सम्झौता गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको