राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा आएको परिर्बतनलाई धरापमा पार्न स्थानिय तहकोे चुनाव गराउन खोजेको आरोप लगाएको छ । संघीय समाजवादी फोरम नेपालको राजविराजमा आयोजित प्रथम जिल्ला अधिवेशनको उदघाटन गर्न शनिबार सप्तरी आईपुगेका अध्यक्ष यादवले बोल्दै उक्त आरोप लगाएका हुन् ।
उनले भने ‘‘तीन दलका केही नेताहरुले जसलाई संघीयता, गणतन्त्र, लोकतन्त्र मन पर्दैन, तिनीहरुले लोकतन्त्रको मान्यता विपरित स्थानीय निकायको निर्वाचन गर्ने भन्दै मुलुकलाई उल्टो दिशामा घुमाई द्वन्द्वमा फँसाउन चाहदैछ, जो कदापी नेपाली जनतालाई मान्य हुँदैन ।’’
मुलकुमा लोकतन्त्रको मान्यता बमोजिम प्रान्तिय, केन्द्रिय र त्यसपछि स्थानीय निकायको निर्वाचन गराईनु पर्ने उनको तर्क रहेको थियो ।
स्थानीय निकायको पुर्नसंरचनाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष यादवले ५२ प्रतिशत जनसंख्या रहेको मधेशमा स्थानीय निकाय पुर्नसंरचना आयोगले २५ प्रतिशत मात्र दिएको बताउँदै उक्त पुर्नसंरचना कुनै पनि हालतमा मान्य नहुने बताएका छन् ।
स्थानीय तहको संरचना समेत जनसंख्याको आधारमा हुनुपर्ने उनको धारणा रहेको थियो ।
फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित अधिवेशनको उदघाटन सत्रलाई अध्यक्ष यादवले पानसमा बत्ति बाली उदघाटन गरेका थिएँ ।
आयोजित उक्त उदघाटन कार्यक्रमको संघीय समाजवादी फोरम नेपालका जिल्ला उपाध्यक्ष कन्त लाल चौधरीद्वारा स्वागत गरिएको उक्त कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष रेणु यादव, सांसद लक्ष्मी चौधरी, विभिन्न पार्टीका जिल्ला अध्यक्ष एवं प्रतिनिधिहरु, समाजवादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष तारकेश्वर यादव लगायतका दर्जनौ वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिएँ ।
कार्यक्रमलाई फोरम नेपालका जिल्ला सचिव एवमं सहसचिव क्रमशः उमेश प्रसाद यादव, उपेन्द्र प्रसाद साहले संचालन गरेका थिए ।
आयोजित उदघाटन सत्रमा विभिन्न कलाकारहरुले गीत, नृत्य एवम् कला पस्किएका थिएँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost