राजविराज । आसन्न नेपाल पत्रकार महासंघ शाखा सप्तरीको निर्वाचनलाई मध्येनजर गरी पत्रकारहरुको अन्य संगठनहरुसित समन्वय तथा सहकार्य गर्न प्रेस चौतारी शाखा सप्तरीले शनिबार पाँच सदस्यीय संवाद समिति गठन गरेको छ ।
संवाद समितिमा प्रकाश खतिवडा, सतिश कुमार दत्त, अनिल पोखरेल, नर्मदेव यादव र निदेश शर्मा रहेका छन् । प्रेस चौतारी शाखा सप्तरीको शनिबार बसेको बैठकले आगमी फाल्गुन –७ गते निश्चय गरिएको महासंघ शाखा सप्तरीको चुनावमा सवैपक्षसँग सहकार्य र सहयोगका लागि प्रेस चौतारी शाखा सप्तरीको बैठकले उक्त समिति गठन गरेको प्रेस चौतारी शाखा सप्तरीका सचिव अनिल पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जारी विज्ञप्तिमा उक्त संयन्त्रले महासंघ शाखा सप्तरीको अधिवेशनका लागि कार्य गर्ने भएकोले उक्त संन्यत्र सँग बस्ने र सहकार्यको लागि सबै पक्षसँग प्रेस चौतारीद्वारा आग्रह गरिएको छ ।
विज्ञप्तिमा सबै पक्षको सहयोगले नेपाल पत्रकार महासंघ सप्तरी शाखाको अधिवशेन सफलतापूर्वक सम्पन्न हुने विश्वासका साथ शाखा अधिवेशन सफल बनाई दिन सबैसँग आग्रह समेत गरिएको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost