पिंकी कुमारी मेहता

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले तीन निर्वाचन आयुक्त नियुक्त गरेकी छन् । मंगलबार संबैधानिक परिषदको सिफारिस संसदीय सुुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले आयुक्तहरु नियुक्त गरेका हुन् ।यससँगै आयोगले पूर्णता पाएको छ ।

स्थानीय तहको निर्वाचनको चर्चा भइरहेका बेला निर्वाचन अायोगले पूर्णता पाएकाे हाे । अायुक्त हरूले नियुक्त भएसँगै लगत्तै जमलस्थित बहादुर भवनमा पुगेर पदभार ग्रहण गर्ने छन् । सरकारले जेठमा स्थानीय निकायको चुनाव गर्ने तयारी गरेको छ ।

नवनियुक्ति निर्वाचन आयुक्तहरुमा नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधिरकुमार शाहको छन् । परिषदले माघ १४ गते दाहाल, पौडेल र शाहलाई आयोग सदस्यमा सिफारिश गरेको थियो । यसअघि आयोगमा प्रमुख आयुक्त अयोधीप्रसाद यादब र सदस्य इला शर्मा मात्र थिए ।

कांग्रेसको कोटाबाट पूर्व रक्षा सचिव ईश्वरीप्रसाद पौडेल सदस्य सिफारिश भएका थिए । केही समय निर्वाचन आयोगको सचिव भएर अवकास पाएका नरेन्द्र दाहाल एमालेको कोटामा सदस्य सिफारिश भएका थिए । पूर्व प्रशासक सुधिर कुमार शाह माओवादी कोटामा सदस्य सिफारिश भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको