
राजविराज-नेपाल पत्रकार महासंघ शाखा सप्तरीको फागुन ७ गते हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ ।
अध्यक्ष प्रकाश खतिवडा र सचिव ओमप्रकाश साहले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा केन्द्रीय कार्यालयको निर्देशन अनुसार जिल्ला अधिवेशन स्थगित गरिएको जनाईएको छ ।
विज्ञप्तिमा भनिएको छ, “केन्द्रको अर्को निर्देशन नआए सम्मका लागी शाखाको अधिबेशन स्थगित गरिएको शाखाका सवै सदस्यहरुमा जानकारीका लागि अनुरोध छ ।”
महासंघ सबै पत्रकारहरूको साझा संस्था भएकोले सबै सरोकारवाला संस्था र पत्रकारहरूले चासो देखाएका विषयको न्यायोचित संवोधनका निम्ति सम्बद्ध सरोकारवाला संस्था र व्यक्तिसँग निरन्तर संवादमा रही समस्या समाधान गर्न महासंघ सप्तरी तत्पर रहेको विज्ञप्तिमा उल्लेख छ ।