काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सरकारले सर्वसाधारण नागरिकमाथि लुटपाट मच्चाएको आरोप लगाएका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंले आज काठमाडौंमा देशको समसामायीक राजनीतिक विषयमा पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन् ।

उनले एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन थाल्ने चेतावनी पनि दिएका छन् ।

गरिब नागरिकमाथि सरकारले नै लुटपाट मच्चाउँदा समेत प्रतिपक्षी दल बोल्न नसकेकोले सदन प्रतिपक्षीबिहीन बनेको उनको आरोप छ ।

उनले भने- ‘हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रतिपक्षी बनेर आवाज उठाउने अपेक्षा गरे पनि उपसभामुख लिएर सरकारमै सहभागी भएकोले सदन प्रतिपक्षविहीन बनेको छ।’

उनले विद्यार्थी संगठन खारेज गर्ने आँट नगर्न सरकारलाई चेतावनी दिँदै महाअभियानको विद्यार्थी संगठनको नेतृत्वमा आन्दोलन हुने जानकारी दिए।

उनले भने- ‘विद्यार्थी संगठन किन चाहिने रहेछ भन्दा आवाज उठाउन चाहिने रहेछ । विगतमा दुई रुपैयाँ मूल्यवृद्धि हुँदासमेत आन्दोलन हुन्थ्यो । आज एक सय रुपैयाँ बढ्दासमेत कुनै विद्यार्थी संगठन बोल्न सकेको छैन् ।’

साथै उनले डीडीसीले किसानको ९ अर्ब रुपैयाँ अझै नतिरेको र स्वास्थ्य निःशुल्क गर्छु भन्दै गर्दा १९ अर्ब स्वास्थ्य बीमाको रकम नतिरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको