काठमाण्डौ । मतपेटीका सानो सानो राखेर नपुग्नेभयो ।  ड्रम नै राख्नुपर्ने भयो । स्थानीय निकायको निर्वाचन वैशाख ३१ गते मिति तोकियो, कसैले यो निर्वाचन रोक्न सक्दैन, निर्वाचन हुन्छ भनेर प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले स्पष्ट पनि पारे । यस्तै बोलेको कारण मधेसी मोर्चाले अयोधिप्रसाद यादवलाई बढी नबोल्न चेतावनी पनि दिइसकेको छ ।

किनभने मधेसी मोर्चा आज उपेन्द्र यादव दिल्लीबाट फर्केपछि कडा आन्दोलन घोषणा गर्ने मूडमा छ । मधेसका जिल्लाहरुमा विरोध र मसाल जुलुस सुरु भइसकेको छ । यो रोकिएन भने चुनाव हुनसक्दैन ।

भोटिङ मेसिन खरिद गरेर करोडौं कमिशन खाने दाउमा छन् प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्त । विभिन्न मुलुकमा उल्टो नतिजा निकालेको बेलायती कम्पनीको मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाइएको छ ।

यो मेसिन खरिद गरियो भने नेतालाई कमिशन र जित्ने उमेदवार हार्ने र हार्ने उमेदवार जिताउन पनि सकिने प्रतिक्रियाहरु सुरु भइसकेका छन् । यसकारण ठूलो साइजको मतपेटिकाको खोजी पनि सुरु गरेको छ ।

ठूलो साइजको मतपेटिका, पाताको ड्रम वा प्लास्टिकको ड्रमभन्दा उपयुक्त अरु होला र ? निर्वाचन आयोग २१ हजार मतदान केन्द्रका लागि ८० लिटरको २५ हजार थान ड्रमको खोजीमा लागेको छ ।
मतपत्रमै चुनाव हुने सम्भाबना देखेर प्रेसको खोजी पनि सुरु भएको छ । जनकशिक्षाले छाप्न नसकिने बताइसक्यो । अव मतपत्र भारतमा छपाएर ल्याउने तारतम्य पनि सुरु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको