महतोलाई लाभकर किन छुट ? महतो सरकारका घरज्वाईँ हुन् र ? उपेन्द्र महतोले एनसेल शेयर बेचे र युटिएल खरिद गर्दा लाभकर किन तिरेनन् ?
एनसेलको विवाद चर्काएर महतोले आफ्नो कच्चा चिठ्ठा लुकाएको चर्चा आन्तरिक राजस्व विभागमा सुनिन्छ । उद्योग खोल्ने नाममा लाइसेन्स लिने र महगोमा बेचने माफियाको काम गरिरहेका छन् यी महतोले । पछिल्लो समय रामदेवको लगानीलाई समेत सकारेका यिनले गैह्रकानुनी काम गरेको आरोप छ । कानुनको दुरुपयोग गर्ने, आधादर्जन मुलुकमा व्यवसाय सञ्चालन गरेर कालोधन नेपाल भित्र्याउने र सेता पार्ने असली धन्दा उपेन्द्र महतोको उद्योग हो । महतोले राजनीतिक र विदेशी प्रभावमा नेपालको कानुनको धज्जी उडाउन सक्र्ने व्यक्तिका रुपमा परिचित छन् । उनको चरित्र एनसेल र युटियलमा उनले लाभकर बुझाए कि बुझाएनन्, कति बुझाए, यत्ति छानबिन गर्दा खुल्नेछ । तर राज्यसंयन्त्रमा पकड बनाएका महतोले आफ्नाविरुद्ध कुनै पनि कारवाही रोक्न सक्ने हैसियत राख्छन्, राखेका छन् । पछिल्लो चर्चाअनुसार बिदेशी ब्यापारी र लगानीकर्तालाई फसाउने महतोले नेपालको कानुनी छिद्रको उपयोगलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन । एनआरएनहरुबीच नेपालमा जे पनि गर्नसक्ने ब्यक्तिको रुपमा परिचित महतो नेपालका ठूला अन्तर्र्रािष्ट्रय माफियाको रुपमा परिचित छन् । अहिले उनका पुराना मित्र अजयराज सुमार्गीस“ग मिलेर साइप्रस लगायतका मुलुकबाट कालोधन भित्र्याउने धन्दा गरिरहेका छन् । यस्तै ३ अर्व राष्ट्रवैंकले स्रोत र कानुनी आधार नखुलेको भनेर रोक्का राखिरहेको छ, फुकाउन यी दौडिरहेका छन् ।