जलेश्वर । नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा बिहीबार पुनः तालावन्दी गरिएको छ । करिब ४० दिनदेखि लगाइएको तालावन्दी खुलेको २४ घण्टा नपुग्दै असन्तुष्टपक्षहरुले महासंघमा पुनः तालावन्दी गरेको हो । महासंघका पदाधिकारीहरुले आफुहरुको माँगमा कुनै सुनुवाई नै नगरी आफुखुशी तालावन्दी खोलेको भन्दै फेरी तालावन्दी गर्नुपरेको मिर्चि एफएमका संचालक विकास मिश्राले जानकारी दिए । पुस २५ गते आफुहरुले सदस्यता दिनुपर्ने माँग राख्दै गरेको तालावन्दीमा कुनै सुनुवाई नै नगरी फागुन १० गते महासंघका पदाधिकारीहरुले तालावन्दी खोलेपछि आफुहरु तालान्दी गरेको मिश्राले दावी गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको