वीरगंज । वीरगंजमा स्थानीयले ‘हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्दै उत्पात मच्चाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले वीरगञ्जमा शुक्रबार यस्तो नारा घनकाउँदै उत्पात मच्चाएका हुन ।
राजाका समर्थकहरुले राजनीतिक दलका विरुद्ध नाराबाजी समेत गरे । वीरगन्जमा रहेका मन्दिरहरुमा पूजापाठ गर्न शुक्रबार अपरान्ह साढे ४ बजे पूर्व राजा ज्ञानेन्द्र वीरगञ्ज आएका पुगेका थिए ।
मकालु होटल देखि वीरगञ्जको घण्टाघर चोक सम्म सडकको दुवै तर्फ सर्वसधारणहरुले लाम लागेर पुवर्राजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए ।
स्वागतमा बसेका समर्थकहरुलाइ पुर्वराजा ज्ञानेन्द्रले चोकमा रोकिएर हात हल्लाउदै अभिवादन गरेका थिए । बा ४ च ३८०७ नम्बरको गाडीमा पुर्व राजा ज्ञानेन्द्र बाराको सिमरा स्थित प्रभु निवासबाट अपरान्ह साढे ४ बजे वीरगन्जको अलखिया मन्दिर पुगेका थिए ।
अलखिया मन्दिरमा पूजा आराधना गरी पैदल माईस्थान गहवा माई मन्दिरमा पूजापाठ गरी पुनः सिमरा आफ्नै गाडीमा फर्किएका हुन् ।
राजाको कार्यक्रममा वीरगंजमा ठूलो रुपमा मानवसाग उर्लिएको थियो । पछिल्लो समय राजा धर्मकर्ममा व्यस्त देखिन्छन् । उनी अहिले धार्मिक कार्यक्रम अनुरुप देश दौडानमा रहेको उच्च स्रोतको दावी छ ।