राजविराज । मधेशी मोर्चाले जिल्लामा नेकपा एमालेलाई कार्यक्रम गर्न नदिने धम्कीका बाबजुद सप्तरी एमालेले जुनसुकै हालतमा कार्यक्रम गर्ने भन्दै आवश्यक तयार तिव्र पारेको छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपानेले माई संचार डटकम संग कुराकानी गर्दै जुनसुकै हालतमा मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत आगामी फाल्गुन २३ गते जिल्लामा कार्यक्रम गर्ने बताएका छन् ।
लोकतान्त्रिक मुल्य मान्यता नै कुनैपनि व्यक्तिको बाक स्वतन्त्रता तथा कुनैपनि दलले आफनो धारणा राख्न र कार्यक्रम गर्न पाउँने रहेको बताउँदै उनले भने‘ मोर्चाले गाली गरेपनि एमालेले जिल्लामा कार्यक्रम गर्छ ।’
जनसभाका लागि जिल्लाका विभिन्न क्षेत्रीय बैठकहरु सम्पन्न गरिएको समेत अध्यक्ष न्यौपानेले बताए । यद्यपी, निर्वाचन क्षेत्र नं. ६ र दुईमा बैठक सम्पन्न भएपछि घर जाने क्रममा माईन्यूट खोस्ने तथा पाना च्यात्ने काम मोर्चाका कार्यक्रमहरुले गरेकोमा सो कार्यलाई अलोकतान्त्रिक र मानवअधिकार विरुद्धको रहेको न्यौपानेको धारणा रहेको छ ।
निर्धारित कार्यक्रममा १५ हजार नेता तथा कार्यकर्ताहरु रहने हुँदा त्यसको लागि आवश्यक प्रबन्ध मिलाउने तयारी समेत अन्तिम चरणमा पुगेको बताए ।
कुराकानीको क्रममा अध्यक्ष न्यौपानेले कार्यक्रम सम्पन्न पश्चात केन्द्रिय नेताहरुलाई फाल्गुन २४ गते विहान कंचनपुरबाट नाराबाजी गर्दै सिरहा जिल्लाको सिमाना बलानसम्म पु¥याउने कार्यक्रम रहेको बताए ।
एकातिर, एमालेले जुनसुकै हालतमा जिल्लामा राष्ट्रिय अभियान अन्तर्गतका पक्षमा रहेको छ भन अर्कातिर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले एमाले मधेश विरोधी रहेको जनताहरुले बुझी सकेको र जनताले कार्यक्रम गर्न नदिए वा विथोले आफुहरुको साथ रहने बताउँछन् ।
मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवले आफुहरु निरन्तर आन्दोलनमा रहेको तथा सोही समयमा आफुहरुको कार्यक्रम समेत रहेको हुदा आफुहरुको कार्यक्रम विथोेल्न वा प्रभावित पार्न खोजिए कडा प्रतिकार गर्ने बताएका छन् ।
यद्यपी संयोजक यादवले मोर्चाको कार्यक्रम चाही अहिले टुङ्गो लागी नसकेको समेत बताए ।
संयोजक यादवले एमाले मधेश विरोधी रहेको मधेशीले बुझी सकेको कुरा आफुहरु जिल्लाको विभिन्न नगर
क्षेत्रमा कार्यक्रम गर्न जाँदा जनताहरुले नै बताउँने गरेको स्मरण गरेँ ।
उनले एमालेलाई मधेशमा जनतालाई नपत्याएपछि एमालेले अन्य जिल्लाहरुबाट बोरो ल्याएर कार्यक्रम गर्न खोजेको आरोप लगाए ।
एमालेले बोरो ल्याई मधेशको मधेशी जनताको भावना विरुद्ध कार्यक्रम गर्न खोजे कडा भन्दा कडा प्रतिकार गरिने मोर्चाका संयोजक यादवको कथन रहेका थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost