राजविराज । बुवा कृषि विकास बैंकमा अधिकृत रहेका आडमा छोराले कृषि विकास बैंकमा जागिर लगाई दिने भनी ठगी गर्दै हिडेको एक घटना बाहिर आएको छ ।
कृषि विकास बैंक राजविराजमा अधिकृत पक्षमा कार्यरत धर्मनाथ यादवका छोरा दिपक कुमार यादवले कृषि विकास बैंकमा जागिर लगाई दिने प्रलोभन देखाई आफुहरु बाट रकम ठगी गरेको पिडीतहरु बताउँछन् ।
यसरी यादवले आफुहरुलाई जागीर लगाई दिने प्रलोभनमा लाखौं रकम ठगी गरेको आरोप राजविराज नगरपालिका–५ का भुपेन्द्र साह लगायत राम प्रसाद साह र मुकेश साह रहेका छन् ।
साहले भने आफुबाट रु। १ लाख रकम ठगी गरेको बताएका छन् भने राम प्रसाद साहले दिपकले आफुबाट रु १ लाख पच्चीस हजार रकम ठगी गरेको आरोप लगाएका छन् ।
यसैगरी, पीडित मुकेश साहले भने आफुले रकम फिर्ता गर्न पटक पटक दबाब दिएपछि बल्ल दिपकले रु। ५१ हजारको चेक दिँदै बाँकी पछि दिने बताएतापनि उक्त चेक साटन बैंक पुग्दा खातामा रकम नरही चेक बाउँन्स भएको दुखेसो व्यक्त गरे ।
सो सम्बन्धमा दिपक सित सम्पर्क हुन नसकेतापनि दिपकका बुवा धर्मनाथले भने आफनो छोरा त्यस्तो नरहेको भन्दै आफनो छोराले रकम ठगी नगरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको