बन्दको अवज्ञा गरेको भन्दै राजविराजको एक विद्यालयलमा सोमवार राती सशस्त्र संगठनले सकेट बम राखेको छ । पिस जोन ईङ्गलिस बोर्डिङ्ग स्कूल अगाडि जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)ले बम राखेको जनाईएको छ । घटनाबारे जिम्मेवारी लिँदै मोर्चाका केन्द्रीय संयोजक जयकृष्ण गोइतले प्रेस विज्ञप्तिमार्फत गुलामीका २०० औं वर्षका दिन लाई ‘कालो दिन’ घोषणा गर्दै गत मंसिर २३ गते आह्वान गरिएको तराई बन्दको आह्वानलाई अवज्ञा गरी विद्यालय सञ्चालन गरेको भन्दै आफूहरुले कार्वाही स्वरुप विद्यालयको प्रवेशद्वारमा बम राखिएको बताईएको छ । बम फेला परेको ठाउँमा मोर्चाको पर्चा समेत भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बम राखेको हल्ला फैलिएपछि विद्यालय बन्द गरी सुरक्षाकर्मीले उक्त क्षेत्रमा घेरा हालेर बमलाई निष्क्रिय पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost