राजविराज । कुनैपनि सरकारी कार्यालयमा भवन निर्माण समेत सरकारी लगानी मै हुने गर्छ । तर जिल्ला वन कार्यालय निजी लगानीमा चारकोठे पक्की भवन तिव्र गतिमा निर्माण गरिदै छ ।
जिल्ला वन कार्यालयका जिल्ला वन अधिकृत धीरेन्द्र प्रसाद सिंहको मिलोमतोमा उक्त भवन कार्यालयमा कार्यरत एक कार्यालय सहायकले निजी लगानीमा निर्माण गर्न लागिएको श्रोतले बताए ।
भवन निर्माण कार्य दु्रत गतिमा गरिएको छ । एक महिना नपुग्दै भवन निर्माण कार्यको पर्खाल निर्माण कार्य सम्पन्न भएको भने प्लाष्टर, झयाल ढोका र छत हाल्न मात्र बाकी रहेको छ ।
जिल्ला वन कर्यालयको पछाडि पट्टि लगाईएको केही मसलाका रुखहरु काटी उक्त भवन निर्माण गर्न लागिएको हो । काटिएका मसालाका रुखहरुको समेत अतोपतो नरहेको श्रोत बताउँछन ।
करारमा न्युक्ति गरिएका कार्यालय सहायक ओम प्रकाश रायले निजी लगानीमा उक्त भवन निर्मण गरी बस्ने योजना रहेको
सो सम्बन्धधमा जिल्ला वन अधिकृत सिंहलाई पटक पटक टेलिफोन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउँन चाहेनन् ।
सोही सम्बन्धमा जिल्ला वन कार्यालयका सहायक लेखापाल हर्क बहादुर विकलाई निर्माण हुँदै गरिएको भवन निर्माण सरकारी लगानीमा हो की, निजी लगानीमा ? भनी गरिएको प्रश्नको जवाफ दिनुको सट्टा अकमकीदै केही जवाफ दिन सकेनन् ।
यसैगरी, भवन निर्माण कतिको लागतमा गर्न लागिएको स्टीमेट देखाउँन आग्रह गर्दा आफुसित कुनै स्टिमेट नरहेको तथा भवन निर्माण सम्बन्धमा लेखामा कुनै जानकारी नरहेको बताए ।
सो सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी जनक कोईरालाले कुनै पनि सरकारी निकायमा विना स्टिमेट तथा नगरपालिकाको अनुमति विना भवन निर्माण गर्न नपाईने बताउँदै आफुलाई सो सम्बन्धमा जानकारी नरहेको तथा सो सम्बन्धमा बुझने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको