
राजविराज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले नेकपा एमालेको कार्यक्रमको विरोध नगरी मधेशमा नरसंघार मच्चाउँन केपी ओलीको विरोध गरेको मोर्चाका जिल्ला संयोजक दिनेश यादवले बताए ।
केपी ओलीको नेतृत्वमा रहेको सरकारले दोश्रो मधेश आन्दोलताका जिल्लामा नरसंघार मच्चाउँदै ५ मधेशी सपूतको ज्यान लिदै दजर्नौलाई घाइते बनाएको हुँदा आफुहरु ओलीको विरोध गरेको संयोजक यादवको कथन रहेको छ ।
कुनैपनि पार्टीले आफना विचार राख्न पाउने लोकतान्त्रिक मनयता रहेको हुँदा आफुहरु एमालेको सिङ्गो कार्यक्रमको विरोधमा नरहेको बरु ओलीको विरोधमा रहेको उनले बताए । उनले भने ‘व्यक्तको विरोध गर्न पाउने अधिकार जो सुकै सँग हुन्छ ’
संयोजक यादवले आफुहरुको पनि सोही दिन चक्का जाम र लाठी प्रदर्शन कार्यक्रम रहेको जानकारी दिएँ । उनले थपे ‘ हाम्रो कार्यक्रम छ, कसैले विथोल्न खोजे चुप लागेर बस्दैनौ, कडा प्रतिकार गर्छाै ।’
एमालेको अभिव्यक्तिसँगै मोर्चाको अभिव्यक्ति जोडी केलाउँदा फागुन २३ गते जिल्लाको अवस्था तनावपूर्ण हुने पक्का पक्की देखिन्छ ।