राजविराज । बर्षौ देखी बन्द रहेको राजविराज विमास्थल संचालन हुने भएको छ । व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्धारा आयोजीत राजविराज विमान स्थलको प्रगती सम्बन्धमा प्रतिबेदन सुनाउदै व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका संयोजक तथा सांसद प्रभु साहले बर्षौदेखि बन्द रहेका विमानस्थल यथाशिघं्र संचालन हुने बताए ।
उनले विमानस्थलको ३५ प्रतिशत काम भईसकेको र बाँकी काम असार मसान्त भित्र भई विमानस्थल संचालनमा आउने बताए । कार्यक्रममा निर्माणमा खटिएका ईन्जिनियर गोविन्द श्रेष्ठले नेपालको दोश्रो ठूलो विमानस्थलको रुपमा यसमा धावन मार्ग निर्माण हुन लागेको बताए ।
उनले १५ सय मिटर लम्वाई र ३० मिटर चौडाई धावनमार्ग निर्माण हुने बताए । ट्याक्सी वे का लागि १ सय ५ मिटर लम्बाई र २० मिटर चौडाई, एप्रोन पार्किङ्गका लागि ९० मिटर लम्बाई र ६० मिटर चौडाई समेतनिर्माण हुन लागेको उनले जानकारी दिए ।
उक्त धावन मार्ग तथा विमानस्थलको लागि कुल ३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुपैया बराबरको लागत निर्माण हुने समेत जानकारी दिए । सो कार्यक्रममा सप्तरी क्षेत्र नं। २ का सांसद अशोक कुमार मण्डल अमरले बर्षौ पछि निर्माण हुन लागेको विमानस्थल देशकै नमुना हुने बताए । विमानस्थल निर्माण हँुदा जिल्लाको आर्थिक स्तर बृद्धि हुनुका साथै जनतालाई राजधानी सम्म पुग्न सहज हुने बताए ।
उनले भने ‘लामो प्रयास पछि विमानस्थल बन्न लागेकोले यहाँका स्थानिय जनताहरु खुशी देखिएको छ ।’ कार्यक्रममा माननीय सांसद केशरी धर्ती मगर, जितेन्द्र नारायण देव, पुष्कर आचार्य, प्रभादेवी बज्राचार्य, भरत बहादुर खडका, राज्यलक्ष्मी श्रेष्ठ, राधा देवी तिमिल्सिना र प्रमुख जिल्ला अधिकारी उधव प्रसाद तिमिल्सिनाको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost