राजविराज । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताहरुले नेकपा एमालेका जिल्ला उप सचिव प्रताप नरायण चौधरीलाई कालोमोसो दलेका छन ।
मेची महाकाली अभियानको बैठक सकाएर घर तर्फ जादै गरेको उप सचिव चौधरीलाई आज विहान राजविराजमा मोर्चाका कार्यकर्ताहरुले कालोमोसो दलेको नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्योपानेले जानकारी दिए ।
यस्तै एमालेका जिल्ला सचिव शम्भु यादवले अभियान कार्यक्रमका लागी घर बाट बजार तर्फ जाने क्रममा मोर्चाका कार्यकर्ताहरुले बोकेको झोला खोसी भोगेको छ । झोलामा रहेको रसिद , संगाठनिक सदस्यको नामावली र १४ हाजार ३ सय रुपैया रहेको एमाले अध्यक्ष न्योपानेले बताए । यता माधेशी मोर्चाका जिल्ला संयोजक दिनेश यादवले मोर्चाको कार्यकर्ताहरुले यस्तो गतिबिधी नगरेको बताए । उनले मधेशी जनताले एमालेलाई नपत्याएर त्यस्तो क्रियाकलाप गर्न खोजेको आरोप लगाए ।
मोर्चाको अवरोध विच पनि मेची–महाकाली अभियान प्रचारका लागि एमाले कार्यकर्ताले घरदैलो अभियान जारीरहेको अध्यक्ष न्योपानेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost