, राजविराज । एमालेको मेची–महाकाली अभियानको विरुद्धमा मधेशी मोर्चाका कार्यकताहरुले सोमबार विहानै देखि प्रदर्शनमा उत्रेका छन् ।
मोर्चाका कार्यकर्ताहरुले सप्तरी सदरमुकाम राजविराज सहित जिल्लाको भारदह, कञ्चनपुर, रुपनी लगायतका स्थानमा प्रदर्शन गर्नुका साथै पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले शम्भुनाथ नगरपालिकामा झण्डै आधा दर्जन सवारी तोडफोड गरेको जनाईएको छ । प्रहरीले स्कर्टिङ गरेर लैजान लागेको गाडीमा बन्दकर्ताले तोडफोड गरेका हुन् ।
एमालेको मेची–महाकाली अभियान अन्तर्गको कार्यक्रम गर्न नदिने मोर्चाको घोषणा पछि सप्तरीमा तनाव बढेक छ ।
मोर्चाका कार्यकताहरुले सदरमुकाम राजविराजमा विहानै देखि टायर बालेर प्रदर्शन गर्दै आएका छन भने सप्तरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
यसैबीच सप्तरी प्रहरीले मोर्चाका दुई कार्यकर्तालाई कञ्चनपुर बाट नियन्त्रणमा लिएको छ । अबैधानिक गतिविधि गर्ने उपेन्द्र यादव र भुवनेश्वर यादवलाई नियन्त्रणमा लिको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको