राजविराज–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको अवरुद्धका बाबजुद एमाले अध्यक्ष केपी शर्मा ओली गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पुग्दै छन् ।
एमालेको मेची–महाकाली अभियानको विरुद्धमा मधेशी मोर्चाका कार्यकताहरुले सोमबार विहानै देखि प्रदर्शन गर्दै आएपनि कडा सुरक्षामा ओली गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पुग्न लागेका हुन् ।
एमालेले थालेको मेची–महाकाली अभियान सफल बनाउन कडा सुरक्षाको घेरामा रहेका गजेन्द्रनारायण सिंह औद्योगिकमा एमाले कार्यकर्ताको पनि उल्लेख्य उपस्थिती रहेको एमालेले जनाएको छ ।
एमालेको मेची–महाकाली अभियान अन्तर्गको कार्यक्रम गर्न नदिने मोर्चाको घोषणा पछि सप्तरीमा तनाव बढेक हो ।
मोर्चाका कार्यकताहरुले सदरमुकाम राजविराजमा विहानै देखि टायर बालेर प्रदर्शन गर्दै आएका छन भने सप्तरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
मोर्चाले आह्वान गरेको बन्दका कारण राजविराजबाट छोटो तथा लामो दुरीका सवारी साधन चल्न सकेका छैन् भने बजार शैक्षिक संस्थाहरु समेत बन्द रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको