राजबिराज । बैदेशिक रोजगारलाई सुरक्षित बनाउन आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका सदस्यहरु संगठित हुने भएको छ ।
राजबिराजमा आयोजित एक कार्यक्रममा ,केन्द्रका सदस्यहरुले समुदायमा बढदै गएको ठगीलाई न्युन गर्नका लागी सदस्यहरुको बिस्तार गरी ठगी मुतm समाज बनाउने प्रतिबद्धता जनाएको छ ।
हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष जयबिन्द सिंहले बैदेशिक रोजगारको क्रममा सम्भावित आप्रवासी कामदारहरु ऐजेन्ट र म्यानपावरवाट ठगीने गरेकोले त्यस्ता ठगनेहरुलाई कानुनी कार्यवाही गर्ने र सदस्यहरुको बिस्तार गरी सुचना मुलक कार्यक्रम संचालन गर्ने बताए ।
जिल्लाको प्रत्येक टोल, समुदायमा आप्रवासी हकहित केन्द्र गठन गरी आप्रवासी कामदारको हकअधिकार सुनिश्चित गर्न साथै समुदायमा ठगने ऐजेन्ट, म्यानपावरको बिरोधमा आवाज उठाउने अध्यक्ष सिंहले बताए ।
सवल नेपाल द्धारा आयोजित सामी⁄हेल्भेटास नेपाल सहयोगमा राजबिराजमा आयोजित तिन दिने क्षमता अभिबृद्धि कार्यक्रममा बैदेशिक रोजगारलाई सुरक्षित र लाभदायक बनाउन केन्द्रका सदस्यहरु संग छलफल गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost