राजविराज । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले स्थानियतहको चुनाव बहिष्कार गर्ने तयारी गरिरहेको बेला सप्तरीका मुख्य दलका नेता कार्यकर्ताहरुले चुनावी अभियानमा होमिएका छन ।
मुख्यदलका नेताहरु उम्मेदवार छनौटमा सक्रिय देखिएको छ । नेपाली कग्रेसले बोदेबर्साइन नगरपालिकालाई लक्षित गरी उम्मेदवार छनौटको लागि क्षेत्रिय स्तरको बैठक बसिरहेको र त्यसबाट मेयर देखी वडा सम्मको उम्मेवार छनौट गर्ने नेपाली काग्रेसका क्षेत्रीय सभापति जितेन्द्र कुमार यादवले जानकारी दिए ।
यता राप्रपाका जिल्ला अध्यक्ष उम्मेदेश्वर साले पर्टीको सबै गाउँपालिका , नगरपलिकाको उम्मेदवार छनौट टुगंो लागि सकेको र यसको सर्वाजनिक चैत्र २३ गते गरिने जानकारी दिए । राप्रपाले बोदेबर्सान नगरपालिकामा अशोक कुमार साहलाई मेयरको टिकट दिएको जानकारी दिदै सो इलाकामा घरदैलो कार्यक्रम समेत गरिरहेको जानकारी दिए । बोदे बर्साईन अन्तरगत पर्ने केही बडाहरुमा आज पनि घरदैलो गरिरहेको अध्यक्ष साहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost