राजविराज ।       सप्तरीको राजविराज नगरपालिका भित्र दुई छुटा- छुटै स्थानमा आज बिहान व्यापारीको घरमा शङ्कास्पद अवस्थामा सकेट बम फेला परेको छ ।
राजविराज– ४ स्थित कल्टुपोखरी छेउमा रहेको व्यापारी विनोद चौधरी (दास) र राजविराज नगरपालिका ५ कञ्चनपुर रोड स्थित ५५५ ईट्टा व्यवसायी छोटु भन्ने रविन्द्र यादवको घरको गेट अगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
चौधरी विद्युतीय ब्याट्रीको व्यापार गर्दै आएका छन । राजविराज स्थित कृष्ण दल गण भलुवाहीका बम डिस्पोजल नेपाली सेनाको टोलीले बम निस्क्रिय पारेको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले दिनु भयो ।
बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)को पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाको जिम्मा गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले आज एक विज्ञप्ती जारी गर्दै लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको