राजविराज । सुनौलो शिक्षा परियोजना अन्तरगत रहेका चार दिने विद्यालय सुघार योजना प्रशिक्षक प्रशिक्षण तालिम राजविराजमा शुुरु भएको छ ।
जिल्ला शिक्षा कार्यालय सप्तरी र सेभ द चिल्ड्रेनको सहयोगमा आयोजना गरिएको कार्यक्रममा बक्ताहरुले विद्यालयमा रहेको कमजोरीहरुलाई सुघार गर्न यस्तो किसिको कार्यक्रमको आवश्यकता रहेको बताए ।
उनीहरुले सामुदायिक विद्यालयहरुमा गुनस्तरिय शिक्षा ल्याउन विद्यालयको कार्ययोजना सुघार गर्नु पर्नेमा जोड दिए ।
उक्त प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रममा विपद्को अवधारणा, क्षमता तथ कमजोरी मूल्याङ्कन र नीतिगत व्यवस्था, प्र्रकोप पात्रो निर्माण तथा योजना निर्माण,  विद्यालय सुधार योजनानिर्माण कार्यान्वयनको वर्तमान आवस्था, समस्या र समाधानका उपयहरू विषयक प्रशिक्ष दिएको जिल्ला शिक्षा कार्यालय सप्तरीका कार्यक्रम निरिक्ष देव विलाश यादवले जानकारी दिए । कार्यक्रमलाई शैशिक जनविकास केन्द्रका उपनिर्देशकद्धय यामनरायण घिमिरे र दिवाकर चापागाईले प्रशिक्षण दिएका थिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय अन्तरगतका सबै स्रोत ब्यक्ति  तथा शिक्षक शिक्षिका गरी ३४ जना सहभागीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको