राजविराज, । मैथिल महिला परिषद् राजविराजको आज सम्पन्न सातौं साधारणसभाले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
शान्ति झाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा मालती चौधरी, सचिवमा पिंकी झा, सह–सचिवमा रिता देव र कोषाध्यक्षमा चन्द्रिका यादव रहेका छन् । सदस्यमा विद्या झा , रश्मि झा, गायत्री मिश्र, रुबी मिश्र र मालती दासलाई सर्वसम्मत चयन गरिएको छ । परिषद्को सल्लाहकारमा सविता दास, मञ्जु श्रेष्ठ, कमला भन्साली र बन्दना मिश्रलाई सर्वसम्मत चयन गरिएको छ ।
साधारणसभामा सचिव निला देवले परिषद्को प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सचिव पिंकी झाले गरिन् ।