सप्तरी । नेपाली कांग्रेस सप्तरीले स्थानीय तह निर्वाचनको तयारी थालेको छ । निर्वाचनको तयारी, संगठन सुदृढिकरण, उम्मेदबार छनौट, प्रचार प्रसारका निम्ति सप्तरी कांग्रेसले तयारी थालेको हो ।

 

काँग्रेसले आन्तरिक छलफललाई अघि बढाएको छ । पार्टीभित्रको शुभेच्छुक संगठनका पदाधिकारीहरुसँग कसलाई टिकट दिने ?, निर्वाचनमा कसरी जाने ?, कसरी सम्पूर्ण स्थानीय तहमा विजयी प्राप्त गर्ने सन्दर्भमा छलफल गरिएको कांग्रेस जिल्ला सचिव रामकुमार यादवले जानकारी दिए ।

बुधबार राजविराजस्थित पार्टी कार्यालयमा भ्उक्ँे अन्तक्रिर्यामा काँग्रेसले निर्वाचनलाई सफल बनाउँदै पार्टीलाई विजयी बनाउन सबैसँग आग्रह गरेको छ । पार्टी सभापति दिनेश यादवले विगतका तितामिठा कुरा तथा गुट, उप गुटलाई त्याग्दै निर्वाचनमा कसरी विजयी प्राप्त गर्ने त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।

टिकटमा विचार पुर्‍याउनुपर्नेमा जोड

अन्तरकृयामा पार्टीका नेताहरुले स्थानीय निकायको निर्वाचनमा उम्मेदबारबारे घनिभूत रुपमा छलफल गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले व्यक्तिलाई चिनेर मात्रै टिकट दिनुपर्ने बताए । बषर्ाैदेखि काँग्रेसमा लागेका त्यागी र इमान्दार कार्यकर्तालाई चिन्दै स्थानीय तहमा रहेको प्रभावबारे मूल्यांकन गर्दै टिकट दिनुपर्ने उनीहरुको भनाइ छ ।

३६ को आँकडा ६३ तिर

जिल्ला नेतृत्वले बोलाएको बैठकमा यसअघि नेतृत्व वर्गमा देखिएको ३६ को आँकडा ६३ भएर प्रस्तुत भएको देखियो । सधैं एक ठाउँमा बस्न नचाहने पार्टीका जिल्ला सभापति दिनेश यादव र सचिव रामकुमार यादव एकै ठाउँमा बसेर छलफल गरेका छन् । विगतका दिनहरुमा दुबैको आँकडा ३६ को देखिएको थियो ।

दुबैलाई एक ठाउँमा बसेको देखेर कार्यकर्ताहरु उत्साही भएका छन् । उनीहरुले अब गुट, उप गुट नगरी एकजुट भएर अगाडि बढ्नुपर्ने उनीहरुको सुझाव थियो ।

सबै स्थानीय तहमा बैठक बस्ने

कांग्रेस सप्तरीले जिल्लाको सबै स्थानीय तहमा निर्वाचनको तयारीका निम्ति बैठक बस्ने जनाएको छ ।

सप्तकोशी नगरपालिकामा जेठ ५ गते बिहान ८ बजे, कंचनरुप नगरपालिकामा सोही दिन दिनको एक बजे बैठक बस्ने कांग्रेसले जनाएको छ ।

कृष्णा सावरन गाउँपालिका र तिरहुत गाउँपालिकामा जेठ ६ गते, हनुमान नगर कंकालिनी माई नगरपालिका र महदेवा गाउँपालिकामा जेठ ७ गते, तिलाठी र छिन्नमस्था गाउँपालिकामा जेठ ८ गते, बिष्णुपुर गाउँपालिका र राजविराज नगरपालिकामा ९ गते, रुपनी गाउँपालिका र शम्भुनाथ नगरपालिकामा १० गते, बेल्ही चपेना र डाक्नेश्वरी गाउँपालिकामा १२ गते, सुरुङ्गा नगरपालिकामा १३ गते, बोदे बर्साइन नगरपालिकामा ११ गते र खड्ग नगरपालिकामा १३ गते बैठक बस्ने काँग्रेसले जनाएको छ ।अनलाईन खवर बाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको