काठमाडौं । नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरी बिहीबार व्यवस्थापिका संसद पुगेका छन् ।
संयोग पनि कस्तो भने पुरी संसद भवन पुगेको दिन पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अबरोध गर्दै थियो र पुरीले व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीमगरसँग दुई देशको संसदीय परम्पराका बारेमा छलफल गरेका थिए ।
बिहीबार संसद भवनमा भएको भेटमा द्धिपक्षीय संसदीय प्रक्रिया र अहिलेको प्रक्रियाबारे जानकारी आदान प्रदान भएको थियो । सरकार निर्माणबारे भइरहेको प्रक्रियाबारे पनि सभामुख घर्तीमगरले जानकारी राजदूत पुरीलाई गराएकी थिईन ।
यता राजदुत पुरीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धबारे छलफल भएको जानकारी गराएका थिए । पुरीले नेपालकोसंसद भवनमा जान पाउँदा आफुलाई अत्यन्तैखुसी लागेको पनि बताएका थिए ।