सप्तरी  / राजविराज स्थित आइडियल सहकारी संस्थाले ५० हप्ते सरसफाई प्रारम्भ गरेको सप्तरी युथ नेपाललाई टि–शर्ट उपलब्ध गराएको छ । सरसफाईमा लागेका युवाहरुलाई उर्जा प्रदान गर्न टि–शर्ट उपलब्ध गराइएको उक्त संस्थाले जनाएको छ ।
संस्थाले शुक्रबार आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सप्तरी युथ नेपाललाई ५१ थन टि–शर्ट उपलब्ध गराएको हो । कार्यक्रममा आइडियल सहकारी संस्थाका अध्यक्ष गणेश आशले सप्तरी युथ नेपालका अध्यक्ष श्रवणकुमार देवलाई टि–शर्ट हस्तान्तरण गरे ।
त्यस अवसरमा बोल्दै आइडियल अध्यक्ष आशले युवाहरुले गरिरहेको सकारात्मक कामप्रति खुशी भएर उर्जा बढाउनका निम्ति यो टि–शर्ट उपलब्ध गराइएको बताए ।
कर्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै आइडियलका संचालक समिति सदस्य तथा राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरीले युवाहरुले गरिरहेको काम सह्रानीय रहेको बताउँदै भविष्यमा पनि सहयोग गर्ने बताए ।

उनले आइडियल सहकारी संस्था नाफामुखी भन्दा पनि समाजको सेव ागर्ने उद्देश्य बोकेकाले युवाहरुलाई सहयोग गरेको बताए ।
टि–शर्ट प्राप्त गर्दै सप्तरी युथ नेपालका अध्यक्ष श्रवणकुमार देवले सरसफाई अभियान प्रारम्भ गरेको शुरुवाती अवस्थामा समस्या भएपनि अहिले आएर भइरहेको सहयोगले युवाहरुलाई नयाँ जोश र जाँगर थपेको बताए । उनले सप्तरी युथ नेपाल सप्तरीलाई परिवर्तन गर्ने दिशामा अघि बढेको हुँदा सबैलाई सहयोग गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको