सप्तरी । संविधान संशोधन, स्थानिय तहको संख्यामा थप गर्नुपर्ने माग राखि आन्दोलन थालेका राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बुधवार सप्तरीमा निर्वाचन सम्वन्धि प्रशिक्षण कार्यक्रममा अवरुद्ध गरेपछि कार्यक्रम स्थगित भएको छ ।
सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा राखिएको निर्वाचन सम्वन्धि प्रशिक्षण कार्यक्रममा उनीहरुले अवरुद्ध गरेपछि कार्यक्रम स्थगित भएको हो । प्र्रशिक्षणमा सहभागी हुन आउनुभएका मतदान अधिकृत तथा सहायक अधिकृतहरुलाई राजपा नेपालका कार्यकर्ताहरुले नियन्त्रणमा लिएपछि प्रशिक्षण कार्यक्रम अवरुद्ध भएको थियो ।
यता, सप्तरीका प्रमुख निर्वाचन महेशकुमार ठाकुरले प्रशिक्षणमा सहभागी हुन आउनुभएका मतदान अधिकृत र सहायक अधिकृतलाई राजपा नेपालका कार्यकर्ताले नियन्त्रणमा लिएपछि बुधवारका लागि तय भएको निर्वाचन सम्वन्धि प्रशिक्षण कार्यक्रम स्थगित गुर्नपरेको बताउँनुभयो । नियन्त्रणमा लिइएको कपलेश्वर यादव, तेजुलाल चौधरी, रविन्द्र साह, अरुण कुमार दास, वैद्यनाथ साह, नरेन्द्र कुमार मण्डल, मो. समिम अहमद, जोगेन्द्र राम लगायतलाई केहि घण्टापछि छोडिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost