काठमाण्डौं / सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सहमति भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको बैठकमा दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने सहमति भएको मा‌ओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् ।  निर्वाचन सरेकोबारे सरकारले औपचारिक निर्णय गर्न भने बाँकी छ ।

प्रवक्ता भूसालका अनुसार तेस्रो चरणको निर्वाचन कहिले गर्ने भन्नेबारेमा निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले तोक्ने छ । सरकार र आयोगबीच बिहीबारै दिउँसो तीन बजे छलफलको कार्यक्रम छ ।

अब असार १४ गते प्रदेश १, ५ र ७ मा निर्वाचन हुनेछ । यसअघि  वैशाख ३१ गते प्रदेश ३, ४ र ६ को निर्वाचन भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको