काठमाडौँ। भारतीय क्रियाशील पत्रकार महासङ्घका अध्यक्ष के विक्रम रोयको नेतृत्वमा नेपाल भ्रमणमा रहेका १२५ सदसीय पत्रकार टोलीलाई स्वागत गरिएको छ ।

परराष्ट्र मन्त्रालय, नेपाल पत्रकार महासङ्घ, सूचना विभाग र नेपाल पर्यटन बोर्ड लगायतले आज यहाँ आयोजित कार्यक्रममा सो टोलीलाई स्वागत गरेका हुन् । टोलीमा केही श्रीलङ्काका पत्रकारसमेत छन् ।

‘विश्वनाथबाट पशुपति’ नाम दिएर वाराणसीबाट यात्रामा निस्केको सो टोली भैरहवाबाट नेपाल नेपाल प्रवेश गरेर लुम्बिनी, मनकामना र पोखरा हुँदै काठमाडौँ आइपुगेका हो ।

सूचना विभागका महानिर्देशक वीरबहादुर राईले भ्रमण टोलीको स्वागत गर्दै नेपालका अन्य पर्यटकीय क्षेत्र, प्राकृतिक सौन्र्दय र चर्चित मठमन्दिरको समेत अवलोकन गर्न आग्रह गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको