
काठमाडौं । बिश्वभर चर्चित सोसियल नेटवर्क फेसबुकमा नयाँ फिचर थप भएको छ । फेसबुकमा कमेन्ट गर्दा अब जिआइएफ पिक्चर पनि राख्न मिल्ने फिचर थप गरेको हो ।
महिनौं लामो परीक्षणपछि सामाजिक सञ्जाल फेसबुकले जिआइएफ कमेन्टमा राख्न मिल्ने आधिकारिक रुपमा घोषणा गरेको हो ।
यो सेवा बिहीबारदेखि सुरु भएको हो । तर आफूले अन्त कतैबाट खोजेको वा आफूले बनाएको जिआइएफ भने पोस्ट गर्न पाईंदैन ।
अब जो कोहीले पनि फेसबुक कमेन्टमा जिआइएफ बटनको प्रयोग गरी जिआइएफ पिक्चर राख्न सक्नेछन् ।
फेसबुक म्यासेन्जरमा च्याट गर्दा यसअघि जिआइएफ प्रयोग गर्न सकिन्थ्यो । अब फेसबुक कमेन्टमा पनि जिआइएफ प्रयोग गर्न सकिने भएको हो ।
फेसबुकले गिफी, टेनोर, डिज्नीसहितका जिआइएफ पाट्नरसँग मिलेर कमेन्टका लागि जिआइएफको व्यवस्था गरेको हो ।