राजविराज । सप्तरीको राजविराजमा १ सय २५ जना फरक क्षमता भएका व्यक्तिहरुलाई उपचार गरेका छन ।  अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बाट आएको टोलीले जिल्लामा रहेका फरक क्षमता भएका १८ वर्ष सम्मका बालवालिकाहरुलाई उपचार गरिएको सगरमाथा अपाङ्ग संघका सचिव विरेन्द्र कुमार चौधरीले जानकारी दिनु भयो ।
अपाङ्गता भएका व्यक्तिहरुलाई पुनस्र्थापना गर्ने उद्देश्यले थालिएको उचारमा ४० प्रतिशत बालवालिकाहरुलाई अपाङ्ग हाड–जोर्नि तथा नशामा सुधार ल्याउन सक्ने बाल अस्पालका डा. एम रावलेले जानकारी दिनु भयो । निःशुल्क रुपमा गरिएको चेक जाचमा निको हुन सक्ने छनोट गरिएका अपाङ्ग विरामीहरुलाई अस्पालमा लगेर निः शुल्क उपचार गर्ने समेत उहाँले जानकारी दिनु भयो । सगरमाथा अपाङ्ग संघले समेत उपचार कार्याक्रममा सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको