राजविारज असार । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार सप्तरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । महुली खोलाको बाढिबाट अति प्रभावित सप्तरीको भेडिया र मयनाकरेडीका बाढिपीडितहरुको अवस्था बुझ्न आउनु भएका प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रलाई अवलोकण र अनुगमन गर्नु भएको छ ।
प्रधानमन्त्री देउवासहित गृहमन्त्री जनार्दन शर्मा, विभिन्न संसदीय समितिका सभापतिहरु र सप्तरीका आधादर्जन सांसद बाढी प्रभावित ठाउँ पुगनु भएको थियो । प्रधानमन्त्री डेढ किलोमिटर हिँडेर बाढीपीडितको अवस्था बुझ्नुका साथै सेना, सशस्त्र र नेपाल प्रहरीले पुननिर्माण गरिरहेको भत्केको तटबन्धस्थलको समेत निरिक्षण गर्न गर्नु भएको थियो ।
निरीक्षणपछि प्रधानमन्त्रीले देउवाले बाढीपीडितलाई प्रतिपरिवार २ बण्डल जस्तापाता खरिद गर्न १५ हजार र टहरा निर्माणको लागि १० गरि जम्मा २५ हजार रुपैयाँ दिइने घोषणा गर्नु भयो । प्रधानमन्त्री देउवाले बाढीपीडितलाई घर बनाउन बा व्यापार र व्यवसाय गर्न चाहेकालाई सहुलियत ब्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने पनि बताउनु भयो ।
उहाँले सम्वोधनको क्रममा भन्नुभयो, ‘स्थानिय प्रंशासनको सहयोगमा भोकै बसेका पिडितहरुको लागि तुरुन्त खानको व्यवस्था हुनेछ र दिनमा डुबान प्रभावित क्षेत्रमा निःशुल्क औषधिसहित स्वास्थ्य टोली खटाइने छ भने पिउने पानीको समस्या आजको दिनदेखि नै समाधान हुन्छ ।’
प्रधानमन्त्री देउवाले बाढीपीडितलाई सम्बोधन गर्ने क्रममा राजविराज–कुनौली सडक खण्ड तुरुन्तै सञ्चालनमा ल्याउन पनि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भयो । उहाँले जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय लाहनमा नदी नियन्त्रणको नाममा भ्रष्टाचार भएको भन्ने आएको गुनासोलाई पनि छानविन समिति बनाएर चाँडै सम्बोधन गर्ने बताउनु भयो ।
सम्वोधनकै क्रममा गृहमन्त्री शर्माले बाढि अति प्रभावित क्षेत्रमा खाना र आवासको व्यवस्था तुरुन्त मिलाउनुपर्ने बताउनुभयो । उहाँले बाढि प्रभावित क्षेत्रलाई निरिक्षण गर्दै पिडित परिवारलाई क्षतिपूर्ति व्यवस्था मिलाई तत्काल राहत उपलब्ध गराउन स्थानिय प्रशासनलाई निर्देशन समेत दिनुभयो ।