संजू साह
महिलाको कानुनी अधिकार तथा लैगिंंक हिंसा सम्बन्धी विभिन्न कार्यक्रममा भाग लिदाँको क्रममा होस जा तालिम सञ्चालन गर्न विभिन्न जिल्लामा जाने क्रममा होस प्राय फोरममा महिला तथा पुरुष दुबै सहभागिहरुबाट एउटा साझा सवाल सधै उठ्ने गर्दछ ।
अहिले वैदैशिक रोजगारको नाममा विदेश गएका पुरुष विरुद्ध अत्याधिक हिंसा भएको छ । बैदैशिक रोजगारबाट फर्केर आउदा सम्पूर्ण पैसा समेत लिई श्रीमति अर्कैसँग दोस्रो विवाह गरी गएकी बालबच्चाको समेत विचल्ली बनाएको धेरै उदाहरण सहित महिलाले पुरुषमाथि हिंसा गरेको तथ्यहरु बाहिर आउने गर्दछन् ।
श्रम तथा रोजगार मन्त्रालयबाट प्रकाशित बेदैशिक रोजगारका लागि श्रम आप्रवासन नेपालको स्थिति प्रतिवेदन २०१४ र २०१५ अनुसार आर्थिक बर्ष सन् १९९३ र १९९४ देखि २०१४ र ०१५ को अवधिमा सरकारद्धारा भारत बाहेक वैदेशिक रोजगारका लागि ३८ लाख भन्दा बढी श्रम स्वीकृत गरिएको कुरा प्रकाशन गरेको छ ।
यि माथिका अवस्थालाई हेर्दा वर्तमाणमा कुल जनसंख्याको १४ प्रतिशतले जनाउछ । जसबाट आउने रेमिटेन्स मात्र यि माथिका अवधिमा नेपाली रुपीया ५८९.५ अर्ब पुगेको छ । जसले देश विकासको अर्थतन्त्रमा मुख्य योगदान पुर्याएको छ ।
देश विकासको लागि अर्थतन्त्रमा यतिको योगदान पुर्याउने समुहमा भईरहेको श्रम शोषण लगायत लैगिंक हिंसा प्रति राज्यले गम्भिर तरिकाले सोच्न आवश्यक छ । हामी महिला विरुद्ध हुने हिंसाबाट रुपान्तरण हुदै लैगिंक हिंसा विरुद्धको अभियानको क्रममा रहेका छौं र एक सभ्य नागरिक भएको हैसियतले यदि हिंसा भएको हो भने पुरुष विरुष हुने हिंसाको सम्बन्धमा पनि बोल्न हाम्रो कर्तव्य हो जस्तो लाग्छ मलाई तर यि विषयमा फेरी पनि महिला नै हिंसाको कारण होईनन् पुरुष आफै पनि जिम्मेवार हो या होईनन् यसको विषयमा बढी वहसको आवश्यकता पर्न सक्दछ ।
एउटी महिला हिंसामा पर्नुका कारण अन्त्यत पुरुषकै कारण हो तर एक पुरुष हिंसामा पर्नु के महिलाकै कारण हो त ? पक्कै पनि होईनन् अहिले पनि सवै अधिकारको बागडोर पुरुषमै निहित छन् तर पनि कि पुरुष हिंसामा पर्न गयो विचार आउन सक्छ ।
मैले झुरकियामा वपरडेकले संचालन गरेको जनतासंग सांसद कार्यक्रममा एक स्थानिय महिलाले भने मेरो श्रीमान १० वर्ष देखि नियमित वैदेशिक रोजगारमा छन् तर मैले ३ बच्चा समेत सासु र ससुरा समेतलाई स्वास्थ्य शिक्षा , कपडा र खाघानको व्यवस्था मिलाएको छु तर पनि मैले केहि गरेको छैन भने कुरा मेरा समाज मेरा घरका अन्य सदस्यले भन्छन खोईत मेरा अधिकार मैले गरेको कामको मुल्याकंन सबैले भन्छ बुढा विदेशबाट पढाएकाले तिमि ढिक्क छौ तर त्यो विदेशको नापेर पढाएको पैसाबाट आज घर जदाउदा पनि न हुने नचलाउदा पनि नहुने मेरा आफ्नो जिवन खोईत ? आज विवाह गरेको मेरो २३ बर्ष भयो जम्मा श्रीमानसंग नियमितरुपमा बसेको ६ महिना होला विवाह भएको नँया अवस्थामा तर हामी यहि काम संगै गरी परिवार चलाउन सक्छौ भन्दा मानेन्न अहिले यस्तो दिन आयो कि महिलाले पुरुषलाई हिंसा गरियो भन्छ होईनन् हिंसा गरेको जताबाट पनि पुरुषनै महिलालाई हिंसामा पारेको छन् । आर्थिक , सामाजिक, राजनितिक वा सास्कृतिकमा यो सत्य हो महिला आफु खुशि केही गर्ने पाएको छैनन् सांसद ज्युलाई प्रश्न गर्दै भने तपाई महिलाको लागि नंया संविधानमा धेरै अधिकार भयो तर त्यो अधिकार कसरी पाउने महिला अर्थको अधिकार खोईत कायम गराउनु भयो अहिले पनि महिलाको घरमा गरेको कामको मुल्याकंननै छनै यसकोबारेमा खाईत कानुन बनाउनु भयो भने र्ममिक कुरा राख्नु भयो ।
के हो त पुरुषको हिंसामा महिला संलग्न यो जवाफ हामी पाउनका लागि समाजमा वहसको आवश्यक छ हो महिलाको सामाजिक भुमिकामा केही परिर्वतन भएको छ श्रीमान वैदेशिक रोजगारमा गएपछि घर देखि घर वाहिरको भुमिका समेत महिलाले अहिले थानै पर्ने अवस्थाले महिलाको आत्मविश्वास बढिरहेको अवस्था एका तिर छ भने अर्कोे तिर महिलाले सबै मासिन र कुरालगाउन , तथा आक्षेप सहनु पर्ने बाध्य बनाए पछि महिलाले आफ्ना लागि केही सामाधानका बाटाहरु खोज्नु भन्दा पनि आफैले झन समस्यामा पर्ने गरेको पाईन्छ । प्रस्ट कुरा राख्न नसकेको कारण अझ महिला माथि नै हिंसा बढेको छ । पुरुष जताबाट पनि सुरक्षीत छन् समाजमा पुरुष प्रधान देशमा कताबाट महिलाबाट पुरुष हिंसा यो त सोच्नै पर्ने बिषय हो के महिला अब पनि हिंसाबाट मुक्त हुन सक्ने अवस्था छैनन् र ? पक्कै छन् तर विश्वास र दायित्वकाबारेमा कति हो जिम्मेवारी महिला र पुरुषको त्यो पहिला प्रस्ट हुन आवश्यक छ । होईनन भने विहानीको घामले आन्नद त दिन्छ दिनभरी खुशी पार्न सकिदैनन् हो वैदेशिक रोजगारीको केही बढि घनले परिवारलाई समालने बन्धा झरिने काम मात्र गर्ने गरेको पाईन्छ । यसकारण महिला अधिकार पुरुषको देन होईनन् महिलाले पाउनु पर्ने अधिकार हो तर पाएका छैनन् ।
स्थानिय शान्ति समिति मोरंगको एक वैठकमा गएको थिए त्याहा केही सदस्यहरु आउन बाकी रहेकोले बैठक सुरु गर्ने समय लाग्ने भएको अवस्थामा चर्चा चलियो अहिले महिला कुनै पाटीले विराटनगरमा उम्मेदवार दिएनन् वा महिला उढेनन् भनी प्रश्न एल.पि.सि. सचिव टिका घिमिरेको म तिर आयौ मैले टिका जिलाई पुरुषको महिला आफ्नै भाग पुगदैनन् महिंला किन दिने दिए पनि हामी तपाई जस्तो महिला होईनन् विचारा जस्ले कहिले पनि वाहिरको संसारमा यस्तो पनि हुदो रहेका छन् भने थाहा नपाएका महिला अहिले सबै पार्टीमा खोजिको बिषय छन् उपमेयर बनाउनका लागि तर दियो मुनि अन्धारो भए झै पुरुष नेताहरुले गर्दछ । के महिला पक्कै छनन् र मेयर जलाउन खालका विराटनगरमा छन् नितिले होईनन नियत ठिक छैनन अहिले पनि नेता पुरुषहरुको जहिले पनि महिला गर्ने सक्दैनन भने सोच्चबाट किन माथि उठदैनन् त यो सत्य हो आज पनि हामी महिला नै आफै उदारवादी सोचलाई बोकेका छौ जसकारण पुरुषहरु यो् ठाउमा छन ।