सिरहा,मंसिर ५ गते ।
कुनै समय मधेशका विभिन्न माग राख्दै विरोध, प्रदर्शन र श्रृंखलाबद्ध मुडभेडको केन्द्रका रुपमा रहेको सिरहामा यतिबेला चुनावी माहोल तातिएको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनका लागी मतदाताहरु निकै उत्साहित रहेका छन् भने उम्मेदवारहरु भोट माग्न घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । सिरहा क्षेत्र नं. ४ को “ख” का राष्ट्रिय जनता पार्टी नेपालका प्रदेशसभाका उम्मेदवार सुरेश मण्डलको व्यापक चर्चा परिचर्चा रहेका छन् । विद्यार्थीकालदेखि नै सक्रिय रुपमा राजनितिमा होमिएका मण्डल सधै मधेशका अधिकारका लागि संघर्ष गर्ने नेताका रुपमा चिनिने गरेका हुन् । मण्डलले उम्मेदवारी दिएदेखि नै प्रतिपक्षी दलले समेत त्यस क्षेत्रमा आफ्नो जित लगभग सकिएको अनुमान गर्न थालेका जानकारहरु बताउछन् । राजपा नेपालका सह–महामन्त्रि समेत रहेका उम्मेदवार मण्डल ईमानदार, क्षमतावान, संघर्षशिल नेताका रुपमा चिनिनुको साथै लामो समयसम्म चलेको मधेश आन्दोलनमा अग्र पंक्तिमा रहेकोले अहिले आएर उनको पक्षमा जनमत देखिएकोले बिपक्षी उम्मेदवारलाई निकै चुनौतिपूर्ण बनेका हुन् ।सधै मधेशको बिपक्षमा बोल्ने प्रमुख दलहरुको उम्मेदवारलाई मतदाता रिझाउन कठिनाई भएकोले मण्डलको जित सुनिश्चि नै भएको बुद्धिजिवीहहरुको भनाई रहेका छन् । सिरहा क्षेत्र नं. ४ को “ख” मा संघिय समाजबादी फोरम नेपाल र राजपा नेपाल गठबन्धका उम्मेदवार सुरेश मण्डल, बामगठबनधका तुलसी प्रसाद यादब र नेपाली कांग्रेसका गणेश मण्डल चुनावी मैदानमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?