काठमाडौं– नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरावलोकन तथा सीमाका समस्या समाधान गर्न बिहिबार नयाँदिल्लीमा छलफल हुँदै छ।

समस्या समाधानका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह(इपिजी)को बैठकमा यस विषयमा निर्णायक छलफल हुन लागेको हो। समूहको छैंटौं बैठक बिहिबार नयाँदिल्लीमा सुन हुन लागेको हो।
बैठकमा सहभागी हुन समूहका अधिकारीहरु डा.भेष बहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्यय र डा.राजन भट्टराई बुधबार नै नयाँदिल्ली पुगिसकेका छन्।

समूहमा भारतका तर्फबाट भाजपाका नेता भगतसिंह कोस्यारीसहित जयन्त प्रसाद, महेन्द्र पी लामा, बिसी उप्रेती बैठकमा सहभागी हुने छन्।
२ वर्षभित्र प्रतिवेदन दिनेगरी दुवै देशले इपिसी गठन गरेका हुन्। आगामी असारसम्म इपिसीको म्याद छ। त्यसअघि नै प्रतिवेदन दिने तयारी रहेको समूहमा आबद्ध एक नेपाली अधिकारीले बताए।

इपिसीका नेपाली अधिकारीहरुले नयाँदिल्ली जानुअघि नेपालका उच्च नेताहरुसँग राय लिएका थिए। सन् १९५० को नेपाल भारत मैत्री सन्धि पुनरावलोकन इपिसीको प्रमुख एजेन्डा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको