राजविराज ।  प्रदेश सभा सदस्य शैलेन्द्र प्रसाद साहले स्थानीय तहमा सरकारी कामकाजको भाषाको रुपमा मातृभाषा मैथिलीलाई स्थापित हुनु पर्ने बताएका छन ।
राजविराज नगरपालिकाको प्रथम नगर सभा उद्घाटन समारोहमा उनले प्रदेशको कामकाजको भागा मैथली हुन’ पर्ने बताए ।
उनले भने देशमै नेपाली पछि बोलिने दोश्रो भाषा मैथिली नै हो , त्यसैले
स्थानीय तहमा मैथिली भाषालाई कामकाजको भाषाको रुपमा कार्यान्वयनमा ल्याउन ल्उनु पनै आबश्यक रहेको छ । उनले गाउँपालिका र नगरपालिकाहरुले मातृ भाषा मैथिलीमै कामकाजको थालनी गरि सर्वसाधारण जनतालाई अपनत्व बोध गराउनुपर्ने बताए ।
प्रदेश सभाको निर्वाचन सम्पन्न भएको यतिकादिन वितिसक्दापनि प्रदेश सभा सदस्यहरुको सपथ ग्रहणसम्म हुन नसक्दा काम कार्वाहीहरु अगाडि बढ्न नसकेको प्रदेश सभा सदस्य साहले जिकिर गरे । सप्तरी जिल्लाको विकास निर्माण एवं समृतिको सवालमा काम गर्नकै लागि आफुलाई जनताले निर्वा्चित गरेर पठाएको बताउँदै उनले भने ‘जनताले दिएको जिम्मेवारी पुरा गर्न कुनै पनि कसर बाँकी राख्दिन, आम जनताको सल्लाह सुझाव र इच्छा अकांक्षालाई सम्मान गर्दै अगाडी बढ्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको