राजविराज । सप्तरीको बेल्हीचपना गाउँपालिकाका केन्द्र सारेको विषयलाई लिएर विबाद चुलिएको छ ।
बेल्हीचपेना गाउँपालिकाको अध्यक्ष परमानन्द यादवले आफ्नो अनुकुल केन्द्र छनोट गरेको भन्दै स्थानियहरु बिरोध जनाएको छ । स्थानियले गाउँपालिकाका अध्यक्ष यादवले जनताको भावना र भोटको अपमान गरेको समेत आरोप लगाएका छन ।
यस अघि बेल्हीचपना वडा नम्बर–४ मा रहेका गाउँपालिकालाई अध्यक्ष यादवले आफनो घर रहेको वडा नम्बर –३ मा लगिएको स्थानियको अरोप छ ।
गाउँपालिकाको केन्द्रलाई बिगतमा भएको निर्णय बिपरित अन्यत्र सार्न खोजिएको भन्दै बेल्हीचपेना र मलेकपुर बडाका स्थानिय आन्दोलित भएका छन ।
अचान विना बैठक अध्यक्षले षडयन्त्रपूर्वक माइन्यूट लेखेर हस्ताक्षर गर्न लगाएको गाउँपालिका उपाध्यक्ष पुष्पमाला देबी मंडलले जानकारी गराए । चार वडा अध्यक्ष सहित पाँच जनाले माइन्यूटमा हस्ताक्षर गरे तर दुई वडा अध्यक्ष र उपाध्यक्षले विना बैठक माइन्युटमा हस्ताक्षरा नगर्ने भन्दै बिरोध जनाए । अध्यक्ष यादव र उपाध्यक्ष मंडल नेपाली काँगेस बाटै निर्वाचित भएको हुन । स्थानिय स्तरका सवै राजनीतिक दल, सरोकारवाला र स्थानियवासी केन्द्र सार्ने पक्षको बिपक्षमा रहेको जनाएको छ । केन्द्र सारेको जनप्रतिनिधी बिरुद्ध स्थानियले अदालतमा मुद्दा चलाउने समेत तयारी गरिएको एक नेताले जानकारी दिए । उनले– भने मुद्दा चलाउने सम्पुर्ण तयारी पुरा भईसकेको छ , प्रविधीक कारणले शोमबार दर्ता हुन सकेन ।
सुचना माग्दा पनि दिएनन
केन्द्र सारेको निर्णयको प्रतिलिपी माग गर्दा समेत नदिएको स्थानियहरुको गुनासोे छ । उपाध्यक्ष र दुई वडा अध्यक्षले समुहिक रुपमा निर्णयको प्रतिलिपी मागगर्दा समेत नदिएको प्रति स्थानियहरुले आक्रोश व्यक्त गरेका छन ।
प्रतिलिपी माग्न माघ १९ गते स्थानिय नेता डम्बर साह र जिवनराण साहले निबेदन दिए पनि निबेदन दर्ता नगरेको अरोप लगाएका छन ।







