राजविराज– नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. मिलेन्द्र रिजालले मधेशवादी दल सत्तामा बसेपनि अहिलेसम्म मधेशीको मुद्दा हल गर्न नसकेको बताएका छन् ।
शनिवार सप्तरीको डाक्नेश्वरी नगरपालिकामा बि.पि. स्मृति दिवसको अवसरमा विचार गोष्ठी एवं बृहत कार्यक्रमका सम्मेलनलाई सम्बोधन गर्दै डा. रिजालले मधेशवादी दलहरुले सत्तामा बसेका बेला मधेशीहरुको लागि केही पनि नगर्ने तर चुनावको बेला मधेशको मुद्दा उठाएर भोट माग्ने कार्य मधेशवादी दलहरुको ढुलमुले नीति रहेको बताए । उनीहरु सत्ताको पुजारी मात्र रहेको उनले आरोप समेत लगाए ।
उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको समस्यालाई कुनै हालतमा समाधान गर्ने तर्फ नरहेको बताए । उनले सबै मुद्दालाई समेटेर नेपाली काँग्रेस अघि बढिसकेको बताउँदै मधेशमा विभिन्न योजना तहद पार्टीको कार्यालय अगाडी बढाइरहेको बताए । डा. रिजालले वर्तमान सरकारले एक अर्कालाई जुधाएर देशमा द्वन्द गर्न खोजिरहेको आरोप लगाए । उनले गाउँ गाउँमा विकास गर्ने लक्ष्य लिएका माओवादी पार्टी दश वर्षको जनयुद्धलाई बिर्सेर सत्ताकै लागि एमालेमा बिलय भएको बताए ।
उनले स्थानीय र प्रदेश सरकारलाई सम्पूर्ण अधिकार दिइसकेको छ, अब विकासिय कार्य तिब्र गतिमा बढ्ने जनविश्वास दिलाए । उनले भने वर्तमान सरकारका प्रधानमन्त्री ओलीले पानी जहाजका र रेलका कुरा गरेर जनतालाई सपना मात्र देखाएको छ । जनताका हितका लागि मधेशमा भएका विकासिय कार्यहरुलाई अगाडी बढाउन वर्तमान सरकारसँग उनले आग्रह समेत गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य गिता कुमारी यादवले महिलाका अधिकारका लागि आफुहरु प्रदेश सभामा लडिरहेको बताए । यादवले नेपाली काँग्रेस भित्र रहेको गुट उपगुटलाई अन्त नगरेसम्म पराजय भोगिरहने छ ।
जसको जिम्मेवारी नेतृत्व वर्गले लिनुपर्ने छ । आफनै पार्टीको कार्यक्रममा जिल्ला कार्य समितिका पदाधिकारी उपस्थिति नहुनु पार्टीका लागि दुर्भाग्यपूर्ण रहेको बताए ।
कार्यक्रममा क्षेत्रीय सभापति किरण कुमार भगतले पार्टीको संगठन सुदृढीकरणका लागि आफुहरु टोल टोलमा पसिसकेको बताएका छन् । उनले नेपाली काँग्रेसले विगतमा गरेको प्रतिबद्धता अनुरुप आफ्नो कार्यहरुलाई अगाडी बढाई जनतालाई विश्वास दिइरहेको बताए । उनले हुलाकी सडकदेखि भारतीय सिमा क्षेत्रमा पर्ने सबै सडकको कार्य काँग्रेसकै नेतृत्व वर्गले गरेको प्रतिबद्धता अनुसार कार्य अगाडी बढेको बताए ।
उक्त कार्यक्रममा राजविराज नगरपालिकाका नगर सभापति शम्भु प्रसाद देवले पार्टीमा रहेको गुट उपगुट अन्त गरी अगाडी बढ्नुपर्नेमा जोड दिए ।
क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति राम प्रसाद मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादव, अग्नीसाईर कृष्णासवरण गाउँपालिका अध्यक्ष परशुराम चौधरी, बिष्णपुपुर गाउँपालिका अध्यक्ष लिलाम्बर यादव, क्षेत्र नं. १ का क्षेत्रीय सभापति ललन प्रसाद गुप्ता, क्षेत्रीय सभापति जितेन्द्र यादव, काँग्रेसका जिल्ला नेता भगवती प्रसाद यादव लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर