राजविारज – मैथिली फिल्मका निर्माता \ निर्देशक धमेन्द्र यादवको आज विहान काठमाण्डौमा अल्पआयुमै मृत्यु भएको छ ।
महिनौ देखी विरामी भई अस्पतालमा भर्ना रहेका यादवको उपचारको क्रममा मृत्यु भएको परवारिक श्रोतले जनाएको छ ।
मधुमेह , प्रेसर जस्ता रोगबाट बिरामी भएका यादवलाई उपचारका लागि काठमाण्डौ स्थित सिभिल अस्पतालमा भर्ना गरी उपचार गराईरहेको थियो । यादव एक दशक देखी मैथिली फिल्महरुमा लागनी तथा निर्देशन गर्दे आईरहेका थिए । उनले मैथिली फिल्म भारतपार, जान , राधा संग मोहन जस्ता आधा दर्जन फिल्म निर्माण गरिएको संगितकार कमल मंडलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको