काठमाडौं – लिबियाको राजधानी त्रिपोलीमा विद्रोही समूहसँगको लडाइँ चर्किएपछि संकटकाल घोषणा गरिएको छ ।
विद्रोहीसँग घमासान लडाइँ भएपछि संयुक्त राष्ट्र समर्थित सरकारले संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ ।
आइन जारा जेलमा राखिएका धेरैजसो कैदी लिबियाका पूर्व नेता मोअमर गद्दाफीका समर्थक थिए । सन् २०११ मा गद्दाफीको सरकारविरुद्ध भएको विद्रोहमा हत्या गरेको आरोप यिनीहरुमा लगाइएको थियो ।
यसैबीच आइतबार राजधानी त्रिपोलीको एक शहरी क्षेत्रमा भएको रकेट हमलामा दुई जनाको मृत्यु भएको छ । अन्य धेरै व्यक्ति घाइते भएका छन् । सरकारी र विद्रोही समूहबीच लडाइँ चर्किएपछि हजारौं व्यक्तिहरु बिस्थापित भएका छन् । त्रिपोलीमा जारी हिंसाका कारण कम्तिमा ३९ जनाको मृत्यु भइसकेको छ । मारिनेमा सर्वसाधारण नागरिक पनि छन् । लिबियामा संयुक्त राष्ट्र समर्थित सरकार सत्तामा छ । तर देशका अधिकांश हिस्सामा विद्रोहीको नियन्त्रण छ ।







