राजविराज – नयाँ शक्ति पार्टी नेपाल सप्तरी कार्यसमितिको बसेको बिस्तारित बैठकले संघीय परिषद सदस्य डम्बरनारायण साहको संयोजकत्वमा २५ सदस्ययी जिल्ला कार्यसमति विधिवत गठन गरेको छ ।
गत १४ गते राजविराजमा बसेको बैठकले मन्जुकुमारी खंगको अध्यक्षमा महिला शक्ति, र रियाज आलमको अध्यक्षतामा युवा शक्ति समेत गठन गरिएको छ । बैठकले गठित पार्टी जिल्ला समितिका सदस्यमा शैलेन्द्र झा, अमृत साझी, सूर्यनारायण यादव, भिमबहादुर तामाङ्ग, अर्जुनकुमार यादव, लक्ष्मण साह, अशोक चौधरी, दुर्गानन्द चौधरी, दिनेश साह, गुणानन्द चौधरी, पंकजकुमार सिंह, बलराम शर्मा, मन्जुकुमारी खडका, आशा तामाङ्ग, अबुलहक हुसैन, अनन्तलाल साह, उमेश प्रमाणी, रियाज आलम, शिवनन्द यादव, विरेन्द्रप्रसाद साह, चुनचुन साह, ललितनारायण साह, अशोक साफी र अजय गुप्तालाई चयन गरेको छ ।
त्यस्तै खंगको संयोजकत्वमा १३ सदस्यी महिला शक्ति गठन गरिएको छ । महिला शक्तिका सदस्यमा मन्चुकुमारी चौधरी, पुनमकुमारी सरदार, रेखा देव, सुमनकुमारी यादव, आरती प्रमाणी, चन्दा यादव, आशा तामाङ्ग, ललिता साह, ममता साह, पाल्सुङ्ग माया, फूलोदेवी खंग र रानीवती साहलाई चयन गरिएको सो पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको