जनकपुरधाम – जनकपुर जयनगर रेल्वे लगभग ५ वर्षपछि सञ्चालनमा आउन लागेको छ।
भारत सरकारको करिब १० अर्ब लगानीमा निर्माण भईरहेको ६९ किलोमिटरको जनकपुर-जयनगर-बर्दिबास रेलमार्गको कार्य ३ चरणमा भईरहेको छ । पहिलो चरण अन्तर्गत जनकपुर वडा नं २१ कुर्थासम्म ३५ किलोमिटरसम्मको कार्य पूरा हुने रेल विभाग साईट कार्यालय जनकपुरधामका प्रमुख विनोद ओझाले जानकारी दिए।
यसका लागि जनकपुरधामदेखि लिएर परवाहा, वैदही, महिनाथपुर, खजुरी, ईनरुवासहितका स्थानमा स्टेशनहरुको निर्माण कार्य समेत लगभग पूरा भएको छ।
यसअघि जनकपुरधाममै रेल्वेको प्रमुख होल्ट रहे पनि अब भने धनुषाको कुर्थामा प्रमुख होल्ट राखिने छ। जनकपुरदेखि जयनगरसम्म पर्ने होल्टको सौन्दर्यीकरणको कार्य समेत अहिले जारी छ।
मिथिला नगरीको रूपमा ख्यातिप्राप्त जनकपुरधामको होल्टमा मिथिलाको संस्कृति झल्किने विभिन्न प्रकारका मिथिला चित्रकलाहरु पर्खालमा बनाईएको छ भने वैदेही स्टेशनको काम लगभग समाप्त भईसकेको छ।
त्यसैगरी खजुरीमा रहेको रेल्वे प्लेटफार्ममा प्रतिक्षालय सौन्दर्यीकरणदेखि शौचालय निर्माणसम्मको कार्य अहिले पनि जारी नै रहेको छ। त्यहाँ रेल्वे सिग्नल जडानको कार्य समेत जारी नै रहेको छ उक्त प्रविधिले रेल कुन समयमा कहाँ छ भन्ने कुराको सिग्नल दिने काम गर्ने त्यहाँ कार्यरत एक जना कर्मचारीले बताए ।
खजुरीमा स्टाफको बासका लागि क्वार्टरको निर्माण भईसकेको छ भने प्रविधि जडान लगायतका कामहरु अहिले पनि हुँदैछ ।
रेल्वे साईटका प्रमुख ओझाका अनुसार दोश्रो चरणमा कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरसम्म सम्पन्न गरिनेछ भने तेस्रो तथा अन्तिम चरणअन्र्तगत भंगहादेखि बर्दिबाससम्मको १७ किलोमिटरको रेलमार्ग निर्माणको कार्य सम्पन्न गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको