काठमाडौं – ब्ल्याक सीमामा दुईवटा मालबाहक पानीजहाजमा आगलागी हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । तान्जिनियाको झण्डा रहेका दुईवटा मालबाहक पानीजहाजमा आगलागी भएको सरकारी अधिकारीले बताएका छन् ।

उक्त घटना क्राइमियाको केर्च नजिकै भएको हो । रुसी उद्धारकर्मीहरुले उद्धार प्रयास जारी राखेका छन् । १४ जनालाई सकुशल उद्धार गरिएको बीबीसीले जनाएको छ ।

एउटा पानीजहाजमा ग्यासको ट्यांकर रहेको र आगो लागेपछि बिस्फोट पनि भएको जनाइएको छ । बिस्फोटका कारण अर्को पानीजहाजमा पनि आगलागी भएको हो ।

दुई पानीजहाजमा चालक दलका सदस्य १७ जना थिए । उनीहरु टर्की र भारतका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको