नयाँदिल्ली : भारतको छत्तीसगढ राज्यमा दु्ईजना माओवादी मारिएका छन् । लोकसभा चुनावको चटारोमा राज्य व्यस्त भएकाले बेला प्रहरीसँगको भिडन्तमा ती माओवादी मारिएका हुन् ।
छत्तीसगढ राज्यको कौकोन्डा प्रहरी चौकी अन्तर्गत कार्यरत सुरक्षा टोलीको कारबाहीमा कम्तिमा दुई माओवादी मारिएका हुन् । लोकसभा निर्वाचनमा खटिएका सुरक्षाकर्मीले माओवादीविरुद्ध सुरक्षा कारबाही गरेका हुन् ।
लोकसभा निर्वाचन अन्तर्गत छत्तीसगढको कान्कर, राज्नान्गन र महासमुन्द गरी तीन निर्वाचन क्षेत्रमा दोस्रो चरणको मतदान भइरहेको छ। यो अवस्थामा माओवादीविरुद्धको सुरक्षा कारबाहीले निर्वाचन प्रभावित हुने आशंका गरिएको छ ।
यो प्रदेशमा ११ निर्वाचन क्षेत्र छन् । तीमध्ये बस्तार निर्वाचन क्षेत्रमा पहिलो चरणमै मतदान भएको छ । माओवादीहरुरुको बढी प्रभाव रहेको दन्तेवाडा र सुक्मा निर्वाचन क्षेत्रमा कडा सुरक्षाबीच मतदान भइरहेको छ । एजेन्सी







