काठमाडौं – भारतीय क्रिकेटर गौतम गम्भीरले राजनीतिमा पाइला चालेका छन् । उनी भारतीय जनता पार्टीमा लागेका हुन् ।

उनी उम्मेदवारसमेत बनेका छन् । उनले उम्मेदवारी दर्ता गराउनुअघि रोड शो पनि गरेका छन् । उनले दिल्लीबाट उम्मेदवारी दर्ता गराउँदैछन् ।

उक्त क्रममा गौतमले आफूले राजनीतिमार्फत देश सेवा गर्ने बताएका छन् ।

क्रिकेटमा सफल मानिने गौतमले राजनीतिमा कस्तो प्रदर्शन गर्ने हुन् त्यो भने चुनावी नतिजाले नै भर पार्नेछ ।

गौतमको क्रिकेट करियर
सन् १९८१ अक्टोवर १४ मा दिल्लीमा जन्मिएका टप अर्डर ब्याट्सम्यान गौतमले १४७ एक दिवसीयमा ५२३८ रन बनाएका छन् जसमा ४१.९५ को एभरेजमा ११ सतक र ३४ अर्धसतक रहेका छन् ।

उनले टी–२० मा ३७ खेलमा ७ अर्धसतकसहित ९३२ रन बनाएका छन् । गौतमले ५८ टेष्टमा ९ सतक र २२ अर्धसतकसहित ४१५२ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको